विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय सभा अन्तर्गत रहेको विषयगत समितिको बैठक आज बस्दै छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
आइतबार, मंसिर १४, २०८२
प्रहरीले अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई पक्राउ गरेको जानकारी दियो ।
पदमै रहेको बेला अस्ट्रेलियन प्रधानमन्त्रीले गरे गोप्य विवाह
आइतबार, मंसिर १४, २०८२
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’ मा अत्यन्त गोप्य र आत्मीय वातावरणमा आफ्नी प्रिय पार्टनर जोडी हेडनसँग वैवाहिक जीवनमा प्रवेश गरे ।
चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना
आइतबार, मंसिर १४, २०८२
चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा रहेको छ । बुढीगण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही प्रकृतिको हो । आयोजनाबाट वार्षिक तीन सय ४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ ।
एमाले महाधिवेशन प्रतिनिधिको निर्वाचन: यी हुन् सिन्धुपाल्चोकबाट छानिएका प्रतिनिधिहरू
आइतबार, मंसिर १४, २०८२
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन निर्वाचन सिन्धुपाल्चोक जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हिजो सम्पन्न भएको छ।
बढ्यो आगलागीका घटना‚ एक महिनामा १४ बढी स्थानमा आगलागी
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो ।
ग्रहस्थितले के भन्छ? यस्तो छ आजको प्रेरणादायी राशिफल
आइतबार, मंसिर १४, २०८२
आज २०८२ साल मंसिर १४ गते, मंगलबार, तदनुसार ३० नोभेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ।
एनपीएलमा आज कर्णाली र काठमाण्डूको भिडन्त
आइतबार, मंसिर १४, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) कर्णाली याक्स र काठमाण्डू गोर्खाज आमने-सामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ ।
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आज
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदै छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तो छ आजको मौसम प्रणाली
आइतबार, मंसिर १४, २०८२
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर‚ कुन कति?
आइतबार, मंसिर १४, २०८२
रोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
मंसिर १३ : दिनभरका घटनाक्रम एक नजरमा
शनिबार, मंसिर १३, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु
शनिबार, मंसिर १३, २०८२
मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
साताको लोकप्रिय

