काठमाडौं प्रशासनको चेतावनीः थापाथली सुकुम्बासी बस्ती खाली नगरे १२ गतेदेखि टहरा भत्काइने
काठमाडौं - थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउनका लागि स्थानीय प्रशासनले प्रक्रिया अघि बढाएको छ ।
बिहीबार साँझ नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले सो क्षेत्रमा पुगेर माइकिङ गर्दै वैशाख १२ गतेभित्र बस्ती खाली गर्न निर्देशन दिएका हुन् । प्रशासनले वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराउने कार्य सुरु हुने भन्दै त्यसअघि नै आ-आफ्नो सरसामान हटाउन सुकुम्बासीहरूलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पहिलो चरणमा काठमाडौँका तीनवटा स्थानमा रहेका सुकुम्बासी बस्तीका टहराहरू भत्काउने निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले यो कदम चाल्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३ २१:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

