नागरिक स्वतन्त्रता गुम्ने खतरा बढ्यो : सुशील प्याकुरेल (भिडियोसहित)
शनिबार, जेठ २, २०८३
मानव अधिकारकर्मी सुशील प्याकुरेलले कुनै पनि आन्दोलनलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताएका छन् ।
सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट
शनिबार, जेठ २, २०८३
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका–५ निवासी ४० वर्षीय मुकुन्द जोशीको बा. प्र.०१–०२७ च ००७४ नम्बरको स्कार्पियो पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
मोबाइल व्यवसायीमा उत्साह नदेखिनु चिन्ताको विषय : भीष्मराज आङ्देम्बे (भिडियोसहित)
शनिबार, जेठ २, २०८३
नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान पुस्तादेखि आगामी पुस्तासम्म मोबाइल प्रविधिको प्रभाव झन् व्यापक हुँदै जाने उल्लेख गरे ।
वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
शनिबार, जेठ २, २०८३
झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी (पासपोर्ट) बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध शुक्रबार पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
गृह जिल्ला पुगेर खड्काले भने : ‘काँग्रेस विभाजनको संघारमा छ’
शनिबार, जेठ २, २०८३
विशेष महाधिवेशनको नेतृत्वविरुद्व निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेलागरि कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताए ।
एमाले सचिवालय बैठक सोमबार‚ अन्तिम समयमा स्थगित
शनिबार, जेठ २, २०८३
दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने तयारी थियो । तर अन्तिम समयमा बैठक स्थगन भएको हो । एमाले स्रोतका अनुसार अब बैठक सोमबार बस्नेगरी स्थगन भएको हो ।
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने
शनिबार, जेठ २, २०८३
कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम पाठ्यघण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुनेगरी व्यवस्था लागू गरिएको हो ।
ट्रम्पले भनेः इरानले परमाणु कार्यक्रम २० वर्ष रोके स्वीकार्य
शनिबार, जेठ २, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा वार्ता गरेपछि राष्ट्रपति विमान एयर फोर्स वानमा पत्रकारहरूसँग ट्रम्पले दुवै पक्ष इरानलाई आणविक हतियार राख्न दिनु हुँदैन र उसले अवरुद्ध गरेको होर्मुज जलमार्ग पुनः खोल्नुपर्छ भन्ने कुरामा सहमत भएको बताएका थिए ।
बेरुजुको विकराल अवस्थाः तीन हजार बढी संघीय कार्यालयमध्ये २ हजार १ सय ५६ मा बेरुजु
शनिबार, जेठ २, २०८३
कार्यालयका अनुसार तीन हजार ५० संघीय कार्यालयमध्ये २ हजार १ सय ५६ कार्यालयमा बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख्य संख्यामा संघीय कार्यालयहरूमा बेरुजु देखिएको हो ।
कांग्रेस नीति प्रतिष्ठानको बैठक भोली
शनिबार, जेठ २, २०८३
बैठक जेठ ३ गते बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा बस्नेगरि बोलाइएको छ । बैठकमा सभापति गगन थापाको समेत उपस्थिति रहेन कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
यसवर्ष मनसुनबाट ५१ हजार घरपरिवारका २ लाख २६ हजार नागरिक प्रभावित हुने आंकलन
शनिबार, जेठ २, २०८३
‘समग्रमा यस वर्षको मनसनुको अवधिमा मनसनुजन्य विपद्बाट देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ‚’ प्राधिकरणले भनेको छ ।
प्रहरीमा एकैदिन १४९ डीएसपी र ४६ एसपीको सरुवा
शनिबार, जेठ २, २०८३
प्रहरी महानिरीक्षकको मिति २०८३/ ०२/ १ गतेको निर्णयानुसार मिति २०८३ जेठ महिनादेखि तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा काज गरिएको हुँदा अभिलेखमा आवश्यक ब्यहोरा जनाई दिनुहुन अनुरोध गरिएको उल्लेख गर्दै प्रहरी सरुवा गरिएको हो ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
शनिबार, जेठ २, २०८३
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, गोलभेँडा साना (टनेल) रु ८५, आलु रातो (लाम्चो) प्रतिकिलो रु २७, आलु रातो (गोलो) प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र...
साताको लोकप्रिय

