चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरू हुँदैछ।
गत असार ७ गते देखि सुरू भएको महाधिवेशनको बन्द सत्र लम्बिएपछि आज बल्ल मतदान सुरू भएको हो ।
हिजो साँझ मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रकिया सुरू भएको थियो, उम्मेदवारी दर्ता, नामावली प्रकाशन, उम्मेदवारको दावी बिरोध, छानबिन, उम्मेदवारी फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै आजबाट मतदान सुरू भएको हो ।
आजको मतदानको पहिलो चरणमा सभापति र केन्द्रिय सदस्यका लागि हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए पनि सभापतिमा भने रवि लामिछाने हिजो राती नै निर्विरोध निर्वाचित भइसकेका छन्।
बुधबार बिहान ९ बजे देखि केन्द्रीय सदस्यका लागि मात्रै मतदान हुनेछ । उनका अनुसार थप पदाधिकारीका लागि भने दोस्रो चरणको निर्वाचन गरिनेछ, सभापति र केन्द्रीय सदस्यको मतगणना सुरू भएपछि मात्रै त्यसका बारेमा सार्वजनिक सूचना जारी गरिने भएको छ।

