रवि लामिछाने रास्वपा सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्दसत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेको पक्षमा ५१ जना केन्द्रीय समिति सदस्य, सांसद तथा सचिवालय सदस्यहरूको समर्थन रहेको र सभापति पदमा अन्य उम्मेदवारी नपरेकाले उनी निर्विरोध निर्वाचित भएको जानकारी दिए।
‘५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्य सबैले समर्थन गरेपछि उहाँ सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको हो,’ केसीले भने।
यद्यपि उम्मेदवारी दर्ताको निर्धारित समय बाँकी रहे पनि अन्य कुनै उम्मेदवारी नपरेकाले लामिछाने निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३ २२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

