आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
बिहीबार, माघ १, २०८२
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १३
बिहीबार, माघ १, २०८२
श्रीस्वस्थानी व्रतकथाको त्रयोदशौँ अध्यायमा पार्वतीले पौष–माघ महिनाभर श्री विष्णुको उपदेशअनुसार विधिपूर्वक श्रीस्वस्थानी परमेश्वरीको व्रत गरी महादेवको आराधना गरेको वर्णन छ। देवताहरूको आग्रहमा कामदेवले शिवको तपस्या भंग गर्न खोज्दा शिवको तेस्रो नेत्रबाट भस्म हुन्छन् ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ अध्याय: गगन थापा सभापतिमा सर्वसम्मत चयन
बिहीबार, माघ १, २०८२
नेपाली कांग्रेसले नेतृत्व परिवर्तनको नयाँ अध्याय सुरु गरेको छ। काठमाडौँमा सम्पन्न पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्विरोध चयन भएका हुन् ।
डलर स्थिर, युरो-पाउण्ड महँगो : आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
बिहीबार, माघ १, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिएको छ भने युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङसहित अधिकांश विदेशी मुद्राको मूल्य उच्च कायम भएको छ ।
आजको राशिफल : भाग्य, मेहनत र सम्बन्धको त्रिकोणमा बित्ने दिन
बिहीबार, माघ १, २०८२
आज २०८२ माघ ०१ गते बिहिबार । आजको दिन अधिकांश राशिका लागि प्रयत्नले भाग्यलाई जित्ने संकेत बोकेको छ । आर्थिक पक्षमा सुधार, पारिवारिक सहयोग, नयाँ अवसर र सम्बन्धमा आउने उतार–चढावले आजको दिनलाई विशेष बनाउनेछ ।
पुष ३० : राजनीति, घटना, अर्थ, खेलकुद र विश्व घटनाक्रमले भरिएको आजको दिन
बुधबार, पुस ३०, २०८२
नेपाली राजनीतिक वृत्तमा ठूलो हलचलदेखि लिएर देशका विभिन्न स्थानमा भएका दुःखद घटनासम्म, आजको दिन समाचारका दृष्टिले निकै महत्वपूर्ण रह्यो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गर्यो ।
विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु (भिडियोसहित)
बुधबार, पुस ३०, २०८२
नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु गरिएको छ ।
बागमतीमा ‘इलेक्ट्रिक करेन्ट’ जलचरमा असर
बुधबार, पुस ३०, २०८२
रौतहटको चन्द्रपुर नगरपालिकास्थित पर्यटकीय क्षेत्र नूनथर आसपास भएर बग्ने बागमती नदीमा प्रतिबन्धित विद्युतीय तार (करेन्ट) प्रयोग गरी माछा मार्ने कार्य बढेको छ, जसका कारण यहाँको सम्पूर्ण जलचर प्रणाली नै सखाप हुने अवस्थामा पुगेको छ ।
सिद्धार्थ कटेज नेपालगञ्जमा चौथो मःमः फेस्टिभलको आयोजना हुँदै (भिडियोसहित)
बुधबार, पुस ३०, २०८२
सिद्धार्थ कटेज नेपालगञ्जले यो वर्ष चौथो पटक मःमः फेस्टिभल आयोजना गर्न लागेको छ । सिद्धार्थ कटेजले २०८० सालदेखि निरन्तर रूपमा नेपालगञ्जमा मःमः फेस्टिभल आयोजना गर्दै आएको हो ।
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
बुधबार, पुस ३०, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन् ।
पदाधिकारीलाई कारवाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय विशेष महाधिवशेनद्वारा खारेज
बुधबार, पुस ३०, २०८२
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवशेनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय खारेज गरेको हो ।
कांग्रेसभित्र एकता आवश्यक छ : नेपाल प्रेस युनियन
बुधबार, पुस ३०, २०८२
प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ती जारी गरी मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेको हो ।
निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके
बुधबार, पुस ३०, २०८२
बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको जानकारी दिए ।
साताको लोकप्रिय

