टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर, २ वर्ष ६ महिना कैद
काठमाडौं - विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद र १२ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ।
अदालतले सोही बराबरको जरिवाना र ५१ लाख २ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क पनि तिर्न आदेश दिएको छ।
पौडेलको वैध आय २ करोड २१ लाख रुपैयाँ रहे पनि खर्च र लगानी १४ करोड ९७ लाख रुपैयाँ पुगेको देखिएकाले १२ करोड ७५ लाख रुपैयाँको स्रोत खुलाउन नसकेको ठहर गरिएको हो।
सिंगापुरस्थित बैंक खातामा रहेको १ लाख ३५ हजार ३८२ अमेरिकी डलर पनि पौडेलकै भएको अदालतले प्रमाणित गरेको छ।
यद्यपि, सहप्रतिवादी रहेका उनका भाइ अनिल पौडेलको नाममा रहेका सम्पत्ति भने जफत नगर्न अदालतले आदेश दिएको छ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३ २१:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

