Harsamaya
नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला, टोपबहादुरलाई ४ वर्ष र बालकृष्णलाई २ वर्ष कैद
पूर्वगृहमन्त्री बालकृष्ण खाण ।

काठमाडौं - बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर भएका १६ जनालाई कैद सजाय सुनाएको छ। अदालतले पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय सुनाएको हो।

फैसलाअनुसार पूर्वसचिव टेकनारायण पाण्डे, आडवता राई, केशव दुलाल, इन्द्रजित राई, सागर राई, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी र टोपबहादुर रायमाझीलाई ४–४ वर्ष कैद सजाय तोकिएको छ।

यस्तै, बेचन झा (जेटी उद्योग), शमशेर मियाँ, नरेन्द्र केसी र निरजकुमार खरेललाई १–१ वर्ष कैद सजाय सुनाइएको छ भने हरिशरण मर्चनलाई पनि १ वर्ष कैद सजाय भएको छ।

अदालतको फैसलासँगै लामो समयदेखि चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण कानुनी रूपमा नयाँ चरणमा प्रवेश गरेको छ। अब सजाय कार्यान्वयन तथा उच्च अदालतमा पुनरावेदनको प्रक्रिया अगाडि बढ्नेछ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  २१:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update