Harsamaya
हर समय
हर समय
चैतमा पनि बैंकको ब्याजदर घटेन
चैतमा पनि बैंकको ब्याजदर घटेन व्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था छ । बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एनएमबि र एनआइसी एसिया बैंकले सबैभन्दा धेरै ६.६ प्रतिशत ब्याजदर दिने भएका छन् । 
जहाज बिग्रिएपछि दुई महिनादेखि टरिगाउँमा गएन विमान
जहाज बिग्रिएपछि दुई महिनादेखि टरिगाउँमा गएन विमान  टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि पहल गरिरहेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । विमानस्थल पुनः सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनले जानकारी दिइन् । 
तराईमा आज होली मनाइँदै
तराईमा आज होली मनाइँदै सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रूपमा होली पर्व मनाउने गरिएको छ ।
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
मेघगर्जन र चट्याङसहित वर्षा हुने 
मेघगर्जन र चट्याङसहित वर्षा हुने  त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
तपाईंको आजको राशिफल
तपाईंको आजको राशिफल कुम्भ  सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला । नत्र झमेला आउने समय छ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ । उता शरीरमा पनि कमजोरी देखिने छ । तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । पारिवारिक वातावरण...
रिङ्कु सदा मृत्यु  प्रकरणमा थप दुईजना पक्राउ
रिङ्कु सदा मृत्यु  प्रकरणमा थप दुईजना पक्राउ गत माघ २७ गते राति शौच गर्न निस्केकी सदा सामूहिक बलात्कारमा परेकी थिइन् । माघ २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । माघ ३० गते साँझ रिङ्कु आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
तामाकोशी पाँचौंको कामकाज ठप्प, ठेकेदार कम्पनीले लापरवाही गरेको आरोप
तामाकोशी पाँचौंको कामकाज ठप्प, ठेकेदार कम्पनीले लापरवाही गरेको आरोप उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए । उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच यही फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन...
नेपालको चौथो हार, फाइनल पुग्ने सम्भावना सकियो
नेपालको चौथो हार, फाइनल पुग्ने सम्भावना सकियो युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पुजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते (भिडियोसहित)
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते (भिडियोसहित) सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको गाडी दुर्घटनामा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी घाइते भएका छन् । 
नुवाकोटमा स्ववियु निर्वाचन अन्योल: संयोजकको राजीनामापछि अनिश्चितकालका लागि स्थगित
नुवाकोटमा स्ववियु निर्वाचन अन्योल: संयोजकको राजीनामापछि अनिश्चितकालका लागि स्थगित निर्वाचनको विषयलाई लिएर क्याम्पसमा असहज स्थिति नहोस् भन्ने उद्देश्यले संशोधित विधानअनुसार क्याम्पस आगामी चैत्र ६ गतेसम्मका लागि बन्द गरिएको छ। अहिले विद्यार्थी र क्याम्पस प्रशासन दुवै अन्योलमा छन्। नयाँ निर्वाचन समिति कहिले गठन हुन्छ भन्ने टुंगो नलागेपछि विद्यार्थीहरूमा अन्योल बढेको छ।
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा मन्त्री डा राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन्।
Weather Update