Harsamaya
सुन तोलामा १ हजारले बढ्यो 
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - साताको  दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य  १ हजार रुपैयाँले बढेको छ । 

आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार  भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य  बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update