अख्तियार र सीआइबीको नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ
शनिबार, वैशाख १३, २०८२
धनुषा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अधिकृत हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।
सबैको भविष्य नेपालमा सुनिश्चित गर्न वर्तमान सरकार कटिबद्ध छ : मन्त्री शाही (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बालबालिका र युवाहरुको अधिकार सुनिश्चित गर्दै आगामी पुस्तालाई यो नेपाल गौरवमय गर्न लायकको बनाउन आवश्यक रहेको बताएका छन् ।
मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरु सबै सफल थिए : विद्यादेवी भण्डारी (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले नपाएको बताएकी छन् ।
हिमाली जिल्ला औलोको उच्च जोखिममा
शनिबार, वैशाख १३, २०८२
हुम्लामा भेटिएका दुई जना औलो रोगका बिरामीमध्ये एउटा स्थानीयस्तरमा रोग लागेको भेटिएकोले हुम्ला जिल्ला उच्च जोखिममा रहेको उनले बताए । चालू आर्थिक वर्षमा कर्णालीमा ३८ जना औलोको बिरामी पत्ता लागेको र हुम्लामा भेटिएका एक जना बाहेक अरू आयातित बिरामी भएको आचार्यले बताए ।
धनुषामा राजेन्द्र लिङ्देनको पुतला दहन
शनिबार, वैशाख १३, २०८२
लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारबाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन् । लिङ्देनले उनको अभिव्यक्तिप्रति माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको मृत्यु, कांग्रेसद्वारा गहिरो दुःख व्यक्त
शनिबार, वैशाख १३, २०८२
निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/०६३ मा काठमाडौं जिल्लाका सभापतिको हैसियतले काठमाडौं जिल्लाबाट उनले जनआन्दोलनको नेतृत्व गरेका थिए ।
नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको छ : पारस खड्का
शनिबार, वैशाख १३, २०८२
शनिबार राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको भन्दै नयाँ प्रशिक्षकको उपस्थितिमा यो सोचमा पूरा हुने बताए ।
शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी
शनिबार, वैशाख १३, २०८२
उनले आन्दोलनमा सहभागी नभई गाउँमै रहेका शिक्षकहरूलाई आन्दोलनले खोजेको भन्दै लेखेका छन्, ‘गाउँघरमै रहनु भएका साथीहरू, यो आन्दोलनले तपाईंलाई खोजिरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईंको कर्तव्य के होला, एकपटक आफैँलाई सोध्नुहोला ।’
स्वयम्भूस्थित दार्जिलिङ रेष्टुरेन्टमा आगलागी हुँदा करिब १२ लाख क्षति (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
उक्त घटनाको कारण तत्काल भन्न नसकिने भन्दै थप अनुसन्धान भइरहेको पनि थापाले बताए । रेष्टुरेन्टमा आगोलागी हुँदा रेष्टुरेन्टको मात्र १० देखि १२ लाख क्षति भएको रेष्टुरेन्टकी सञ्चालक बन्सिका राईले जानकारी दिएकी छन् ।
शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन, पुनः बस्ने निर्णय (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेष्ट जानकारी गराएपछि मात्रै निकास आउनेछ ।’
१२१ वर्षपछि भ्याटिकन भन्दा बाहिर पोपको अन्त्येष्टि हुँदै
शनिबार, वैशाख १३, २०८२
पोपको ८८ वर्षको उमेरमा गत अप्रिल २१ मा हृदयघातका कारण निधन भएको थियो । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि सेन्ट पिटर बासिलिकामा राखिएको थियो ।
आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
शनिबार, वैशाख १३, २०८२
वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन् ।
अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी, १० पसल जलेर नष्ट, क्षतिको यकिन विवरण आउन बाँकी
शनिबार, वैशाख १३, २०८२
शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिए ।
साताको लोकप्रिय

