Harsamaya
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा (आरोपपत्रसहित)
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी ।

काठमाडौं - नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

विशेष अदालतमा आइतबार दायर मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको जनाइएको छ।

उनीविरुद्ध नेपाल टेलिकमको विलिङ्ग सिस्टम अपग्रेड गर्ने क्रममा मिलोमत्तोमा भ्रष्टाचार गरेको आरोप छ । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update