Harsamaya
कुमारी बैंकको संस्थापक सेयर आजदेखि बिक्रीमा

काठमाडौं - कुमारी बैंक लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैंकले विभिन्न संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ ।

बैंकका विद्यमान संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आई पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

निर्धारित म्यादभित्र शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा संस्थापकहरू भन्दा बाहेकका लगानीकर्ताहरूमा शेयर बिक्री गरिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update