Harsamaya
हर समय
हर समय
सुनको मूल्य बढ्यो  
सुनको मूल्य बढ्यो   आज चाँदी भने तोलामा स्थिर रहेको छ । आइतबार १९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाए अनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनीत
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनीत अहिले गम्भीर सङ्कटमा रहेको एनआरएन अभियानलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै सधैँ सरकार र विश्वभर रहेका अभियन्ताहरूसँग मिलेर काम गर्ने पनि उनले बताए
भोकभोकै मर्दै गाजाका बालबालिका, इजरायली नाकाबन्दीले ३५ सय मृत्युको मुखमा
भोकभोकै मर्दै गाजाका बालबालिका, इजरायली नाकाबन्दीले ३५ सय मृत्युको मुखमा ‘यस व्यवस्थित नाकाबन्दी अन्तर्गत पाँच वर्ष मुनिका ३५ सय भन्दा बढी बालबालिकाले भोकमरीले मृत्युको सामना गरिरहेका छन् जबकी लगभग ७० हजार बालबालिका कुपोषणका शिकार भएर मृत्युको छेउमा छन्,’ जिएमओले टेलिग्राममा जारी गरेको बिज्ञप्तिमा भनिएको छ।
नेपाल पर्यटनको नयाँ गन्तव्य बन्दै,  अप्रिलमा मात्रै १ लाख १६ हजार बढी नेपाल भित्रिए
नेपाल पर्यटनको नयाँ गन्तव्य बन्दै, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी नेपाल भित्रिए बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट नेपाल भ्रमण भएको छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ । जसअनुसार अप्रिल महिनामा दक्षिण छिमेकी मुलुक भारतबाट मात्रै २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३ जनाले भ्रमण गरेका छन् ।
यस्तो छ आज तरकारी तथा फलफूलको  मूल्य
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६०, गाजर (लोकल) प्रतिकिलो रु २५, गाजर...
हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित
हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै टाइम्सले गोल्डेनगेटलाई ७६–७१ को अन्तरले पराजित गरेको छ । तेस्रो क्वाटरसम्म गोल्डेनगेट ५१–५० ले अघि थियो । तर चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । पहिलो क्वाटरमा टाइम्सले २१–११ को अग्रता बनाएको थियो ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललेबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
शिक्षा समितिको बैठक बस्दै
शिक्षा समितिको बैठक बस्दै बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
तीन दिनसम्मपनि भेटिएन हेटौँडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविद्को सहयोगमा खोजी अघि बढ्ने
तीन दिनसम्मपनि भेटिएन हेटौँडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविद्को सहयोगमा खोजी अघि बढ्ने गत शुक्रबार रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो । घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतबार दिउँसोसम्म पनि गाडी फेला पार्न सकेको छैन ।   
आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित 
आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित  प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिमा २३६ रन बनाएको थियो । जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमित भयो । लखनउलाई सस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीन विकेट हात पारे ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ आजको कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ आजको कार्यसूची आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् ।  त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
Weather Update