Harsamaya
नेप्सेमा १.०७अंकको गिरावट
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.०७अंकले घटेर २६५३.६८ को विन्दुमा कायम भएको छ ।

३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । बुधबार नेप्सेमा भएको सेयर कारोबारमा ८८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

आज पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेडका लगानी कर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

यस्तै,आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । सानिमामाई हाइड्रोपावरको सबैभन्दा धेरै ७१ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा सिंगटी हाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update