लिसंखुपाखरमा ‘नेपाली काँग्रेस-वैधानिक र व्यवहारिक वस्तुस्थिति’ विषयक प्रशिक्षण
बुधबार, वैशाख ३१, २०८२
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेतले क्रियाशील सदस्यता सम्बन्धी विवाद देशभर रहेको बताउँदै कार्यकर्तालाई क्रियाशीलता भएर पार्टीमा लाग्न अनुरोध गरे। साथै बस्नेतले काँग्रेसमा अन्तर्घात गर्ने बानी भएकोले चुनावमा अन्तर्घात नगर्न अनुरोध गरे।
उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन
बुधबार, वैशाख ३१, २०८२
उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।
काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
आज बिहान ६ : ५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिन बन्द
बुधबार, वैशाख ३१, २०८२
जेठ २ गते देखि २० गतेसम्म कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना जारी गर्दै सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरू पूर्णरुपमा बन्द गर्न लागिएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नेहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग...
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बुधबार, वैशाख ३१, २०८२
आज समितिले गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ कायम गरेको छ ।
दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जनाको मृत्यु, दर्जनौँ घाइते
बुधबार, वैशाख ३१, २०८२
गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ । इजरायली सेनाले कुनै पनि अस्पतालमा आक्रमण गर्न छाडेको छैन । पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो ।
साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित
बुधबार, वैशाख ३१, २०८२
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा भएको खेलको २८ औँ मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो । पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन ।
अमेरिकाले हटायाे सिरियामाथिको प्रतिबन्ध
बुधबार, वैशाख ३१, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियालाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेबियासँग १ सय ४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् । ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
बुधबार, वैशाख ३१, २०८२
राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाइसकेपछि उक्त प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१ /०८२ मा विभिन्न सार्वजनिक निकायको लेखा परीक्षण तथा बेरुजु सहितको प्रतिवेदन परीक्षकको कार्यालयले सार्वजनिक गर्न लागेको हो ।
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ वर्षा
बुधबार, वैशाख ३१, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशमा साधरणतया बदली, बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
बुधबार, वैशाख ३१, २०८२
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रस्तुत गर्ने कार्यसूची छ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बुधबार, वैशाख ३१, २०८२
आज २०८२ वैशाख ३१ गते बुधबार। आफ्नो राशि अनुसार हेर्नुहोस् आजको विशेष राशिफल ।
साताको लोकप्रिय

