Harsamaya
अमेरिकी गुप्तचर निकायका निर्देशकले भने, ‘इरानको आणविक स्थलहरूमा गम्भीर क्षति पुगेको छ’
सीआईएका निर्देशक जोन रेटक्लिफ ।

एजेन्सी - अमेरिकी गुप्तचर निकाय (सीआईए)का निर्देशकले अमेरिकी आक्रमणले इरानको आणविक स्थलहरूलाई ‘गम्भीर क्षति’ पुर्‍याएको बताएका छन्। 

यसले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलेको छ। सीआईएका निर्देशक जोन रेटक्लिफले आक्रमणहरूले प्रमुख लक्ष्यहरू नष्ट गरेको बताएका छन्। यद्यपि, उनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट भएको भनेनन्।

यो बयान यस्तो समयमा आएको हो अमेरिकी रक्षा मुख्यालय पेन्टागनको प्रारम्भिक गुप्तचर मूल्यांकन प्रतिवेदन अनुसार, आणविक प्रतिष्ठानहरूमा अमेरिकी आक्रमणबाट इरानको आणविक कार्यक्रम नष्ट भएको थिएन, तर इरानको आणविक कार्यक्रम केही महिना पछि परेको छ। 

सीएनएन र न्यूयोर्क टाइम्स जस्ता धेरै प्रमुख अमेरिकी मिडिया संस्थाहरूले पनि रक्षा गुप्तचर एजेन्सीलाई उद्धृत गर्दै यो समाचार दिएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस रिपोर्टसँग सम्बन्धित समाचारलाई ‘नक्कली समाचार’ भने।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update