बिहारबाट दिल्ली जाँदै गरेको बस राजमार्गबाट खस्यो: दुई जनाको मृत्यु, एक नेपाली सहित ५० घाइते

एजेन्सी - लखनऊ-आग्रा एक्सप्रेसवेमा बिहीबार सडक दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भए। घाइतेहरूमा एक जना नेपाली नागरिक पनि छन्।
बिहारको दरभंगाबाट दिल्ली आउँदै गरेको स्लीपर बस सडक दुर्घटनामा परेको हो। बसमा लगभग ६० देखि ६५ यात्रु थिए। स्लीपर बसमा रहेका सबै घाइते यात्रुहरूलाई सैफई मेडिकल इन्स्टिच्युटमा भर्ना गरिएको छ।
बालुवाले भरिएको ट्रकसँग ठोक्किएपछि बस नियन्त्रण बाहिर गएको बीबीसीले जनाएको छ । बस राजमार्गबाट ३० फिट गहिरो खाडलमा खसेको हो । सैफई मेडिकल इन्स्टिच्युटमा भर्ना भएका घाइते यात्रुहरूले बस चालकको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्।
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय