Harsamaya
हर समय
हर समय
पुरानो फोटो राखेर चरित्रहत्या नगर्न धनराज गुरुङको सचिवालयको आग्रह
पुरानो फोटो राखेर चरित्रहत्या नगर्न धनराज गुरुङको सचिवालयको आग्रह गुरुङ संविधानसभा सदस्य भएको समयमा उक्त फोटो लिएको र संविधानसभा सदस्यको लोगो देख्न सकिने पनि सचिवालयले भनेको छ । अहिले सामाजिक सञ्जालमा गुरुङको पत्नीसँगको फोटो भाइरल भइरहेको छ ।
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता 
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता  भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो यस्तै चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
६ निर्माण कम्पनी  कालो सूचीमा
६ निर्माण कम्पनी कालो सूचीमा जिम्मा लिएको काम समयमै पूरा नगर्ने ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
सुरु भयो एक महिने गुँला पर्व
सुरु भयो एक महिने गुँला पर्व यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ । बौद्ध समुदायबाहेक हिन्दु धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।
खाद्यविद् बरालको ‘मःमःका पाइलाहरु’को विमोचन
खाद्यविद् बरालको ‘मःमःका पाइलाहरु’को विमोचन पोखरामा जन्मिएका बराल लामो समयदेखि लन्डनमा बस्दै आएका छन् । बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायको सहयोगका लागि उनी उत्तिकै क्रियाशील छन्  ।
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसक्यो : पूर्ण बस्नेत
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसक्यो : पूर्ण बस्नेत सरकारको भ्रष्टाचार, असफलता र अलोकप्रियतालाई छोप्न र रास्वपाको हस्ताक्षर अभियानबाट जनताको ध्यान डाइभर्ट गर्न यो सबै एमालेले जानी बुझी खेलेको खेल र प्रपञ्च होइन भने विद्या भण्डारीको एमाले राजनीतिक जीवनमा लगभग पूर्ण बिराम लागिसकेको बस्नेतको ठोकुवा छ ।
प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै
प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडक खण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसै गरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ कायम भएको छ ।
आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी
आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
काँग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेस पदाधिकारी बैठक बस्दै पदाधिकारी बैठकमा काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् । सरकारप्रति काँग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।
भिजिट भिसामा कुवेत हिँडेका ४७  महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन
भिजिट भिसामा कुवेत हिँडेका ४७  महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन दिल्ली विमानस्थलबाट एनओसी बिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थल मार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्‍याइएको हो ।
Weather Update