राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।
भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२ ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय