सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन एक लाख ९४ हजार ७०० मा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२ १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय