Harsamaya
खाद्यविद् बरालको ‘मःमःका पाइलाहरु’को विमोचन
विनोद बरालद्वारा लिखित ‘मःमःका पाइलाहरुको विमोचन ।

काठमाडौं - बेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ विनोद बरालद्वारा लिखित ‘मःमःका पाइलाहरुको विमोचन भएको छ ।बरालको पुस्तक लन्डनस्थित बिजनेस डिजाइन सेन्टरको ‘दि नेशनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभलझमा विमोचन भएको हो ।

साहित्यकार युवराज नयाँ घरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, उद्यमी जनक राई तथा मदिराविद् तारा वाइबाले कृति संयुक्त रूपमा विमोचन गरेका थिए  ।

विमोचनपछि साहित्यकार युवराज नयाँघरेले भने, ‘हरेक परिकारसँगै देश, संस्कृति र आफ्नो मौलिकता पनि सँगै जाने गर्छ । यो कृति मार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ ।’ नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भूमिका खेल्ने छन् ।

कार्यक्रममा लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सधैँ क्रियाशील भइरहने बताए  । अभियन्ता गुरुङ, उद्यमी वाइबा, राईले कृति सफलताका लागि शुभकामना दिए ।  कार्यक्रमको आयोजकमा मोः मोः फाउन्डेसन र सह आयोजकमा सरस्वती केन्द्र नेपाल रहेको थियो ।

पोखरामा जन्मिएका बराल लामो समयदेखि लन्डनमा बस्दै आएका छन् । बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायको सहयोगका लागि उनी उत्तिकै क्रियाशील छन्  ।

जुम्बारा तथा मोमो एण्ड रोटी रेस्टुरेन्टहरूका सह संस्थापक बराल विनोद बराल स्कुल अफ हस्पिटालिटीका संस्थापक पनि हुन् ।  सन् २०२२ मा कतारमा आयोजित फिफा विश्व कपमा खेलाडीहरूलाई खाना बनाएर खुवाएका उनी ‘ग्लोबल गुड्विल एम्बेसडर’ पनि हुन्

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update