Harsamaya
आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै छिन् । उनले आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update