Harsamaya
पुरानो फोटो राखेर चरित्रहत्या नगर्न धनराज गुरुङको सचिवालयको आग्रह
नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ ।

काठमाडौं - नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङको पुरानो तस्वीरलाई लिएर सामाजिक संजालमा भएको गलत प्रचारबाजीबारे सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘सम्बन्धबिच्छेद हुनुपूर्व  ज्योति गुरुङसँग खिचिएको फोटोलाई हालै न्यूयोर्कमा घुमघाम गर्दै खिचिएको फोटो भनी भ्रमपूर्ण प्रचारप्रसार भएकोबारे सचिवालयको गम्भीर ध्यानानाकर्षण भएको छ । सामाजिक संजालमा प्रचार गरिएको फोटो सम्बन्धविच्छेद हुनुपूर्व खिचिएको सबैलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ । 

गुरुङ संविधानसभा सदस्य भएको समयमा उक्त फोटो लिएको र संविधानसभा सदस्यको लोगो देख्न सकिने पनि सचिवालयले भनेको छ । अहिले सामाजिक सञ्जालमा गुरुङको पत्नीसँगको फोटो भाइरल भइरहेको छ ।

२०७६ सालमा सम्वन्धविच्छेद भैसकेको हुँदा हाल आएर उक्त तस्वीर राजनैतिक प्रतिशोधका कारण प्रचार गरिएको सचिवालयको ठहर छ । 

यसरी व्यक्तिको चरित्र  हत्या गर्ने उद्देश्यले फोटो सामाजिक संजालमा नराख्न सचिवालयले आग्रह गरेको छ । 

‘यसरी सामाजिक संजालको प्रयोग गरी चरित्र हत्या गर्ने कार्य नरोकिएमा कानुनी उपचारको बाटोसमेत अपनाउन बाध्य हुनेछु’, विज्ञप्तिमा भनिएको छ । 

कानुनी उपचारको बाटो अपनाउन बाध्य नपार्न आम सामाजिक संजाल प्रयोगकर्ताहरूसँग सचिवालयले आग्रह गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update