हेटौंडा–४ स्थित वीरेन्द्र बाटिकामा राजावादीहरूले गरे सरसफाई
शनिबार, साउन १७, २०८२
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक बहादुर सिंहको विशेष उपस्थिति रहेको थियो । साथै, विभिन्न राजनीतिक दलमा आवद्ध राजावादी युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
भटौली खोलामा कटानपछि मन्थली–पकरबास सडक अवरुद्ध, सवारी आवागमन रोकियो
शनिबार, साउन १७, २०८२
खोलाले पुल खोल्न लागेपछि यस अघि नै वडा कार्यालयले सम्बन्धित निकायमा पत्राचार गरेको थियो । तर समयमा नै काम सुरु नहुँदा थप क्षति भएको छ । ‘सुरुमा नै काम थाल्न पाएको भए यति क्षति हुने थिएन, जति ढिला गर्यो त्यति धेरै क्षति हुने अवस्था छ’, उनले भने ।
नेपालको सडक यात्रा, भगवान् भरोसा (भिडियोसहित)
शनिबार, साउन १७, २०८२
सरकारले वर्षा याममा बाढी पहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरेको दाबी गरेको छ । हरेक वर्ष देशभरिका राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरू अवरुद्ध हुँदै आएका छन्।
बनाना रिसोर्टमा आगलागी, ४० लाख क्षतिको अनुमान
शनिबार, साउन १७, २०८२
आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए । रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिनहरू र खाद्यान्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ ।
माओवादी स्थायी समिति बैठक बस्दै
शनिबार, साउन १७, २०८२
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।
रुस हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा
शनिबार, साउन १७, २०८२
तयारी कार्य चलिरहेको छ । सम्भवतः यो वर्षको अन्त्यसम्ममा हामीले यो पूरा गर्नेछौँ । ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला उत्पादन भई सैन्य सेवामा प्रवेश गरिसकेको छ’,पुटिनले भने ।
आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी [भिडियो]
शनिबार, साउन १७, २०८२
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार यसअघि प्रयुक्त ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिने गरेकोमा सो ढाँचालाई परिमार्जन गर्दै ‘कोशी प्रदेश सरकार’ को प्रयोग अनिवार्य गरिने भएको हो ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
शनिबार, साउन १७, २०८२
ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ , रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकेको छ ।
प्रधानमन्त्री ओलीलक्षित प्रकाश ज्वालाको टिप्पणी : ‘मुहान नै धमिलो छ, देश यतिबेला भ्रष्टाचारले दुर्गन्धित छ’
शनिबार, साउन १७, २०८२
उनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए । अहिले देशका सरकार भएको अनुभूति नै नरहेको उनको भनाई छ । उनले अहिले देश सरकारविहीनताको अवस्थामा रहेको जस्तो भान भइरहेको पनि बताए ।
रुसी अधिकारीको ‘उत्तेजक’टिप्पणीपछि ट्रम्पले आणविक पनडुब्बीहरूलाई पुनः तैनाथ गर्न दिए आदेश
शनिबार, साउन १७, २०८२
रुसका पूर्वराष्टपति समेत रहेका दिमित्री मेदभेदेभले कुन टिप्पणीले ट्रम्पलाई यस्तो निर्णय लिन प्रेरित गर्यो भन्नेबारे प्रष्ट खुलाइएको छैन । तर, दुई नेताबीच केही समययता सामाजिक सञ्जालमा तिक्ततापूर्ण वाकयुद्ध चलिरहेको छ ।
नापतौलमा ठगी गर्ने दुई हजार बढी फर्म कारबाहीमा
शनिबार, साउन १७, २०८२
पाँच जिल्ला कार्यक्षेत्र रहेको जनकपुरधामस्थित नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक कारोबारमा अनियमित काम गर्नेलाई कारबाही गर्नुका साथ अनुगमन तथा निरीक्षणका क्रममा नापतौल यन्त्रको इजाजतसमेत दिएको जनाएको छ ।
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबार, साउन १७, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा तोकिएको छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, साउन १७, २०८२
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
साताको लोकप्रिय

