सुनको मूल्य स्थिर,चाँदीको बढ्यो
बिहीबार, कात्तिक १३, २०८२
नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ ।
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
बुधबार, कात्तिक १२, २०८२
सुन आज तोलामा ७०० ले घटेर २ लाख ३६ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन दुई लाख ३७ हजारमा कारोबार भएको थियो ।
श्री नगर एग्रीटेकको आइपिओ आज बाँडफाँड हुँदै
बुधबार, कात्तिक १२, २०८२
आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आइपिओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले जनाएको हो ।
सार्वजनिक संस्थानमा सरकारले देखेको यी हुन् समस्या र चुनौती
बुधबार, कात्तिक १२, २०८२
अर्थ मन्त्रालयले सार्वजनकि गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ मा वित्तीय सुधार र अनुशासन कायम गर्नु, सरकारी लगानीको उचित प्रतिफल सुनिश्चित गर्नुलाई चुनौतीका रुपमा चित्रण गरिएको छ।
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस्
मंगलबार, कात्तिक ११, २०८२
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।
सुनको मूल्य घट्यो
मंगलबार, कात्तिक ११, २०८२
गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६०० ले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो ।
श्रीलङ्काको पर्यटन प्रवर्द्धनका लागि एडिबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत
सोमबार, कात्तिक १०, २०८२
यस कार्यक्रमले समुद्री पर्यटन लगायतका क्षेत्रहरूलाई प्रवर्द्धन गरी नयाँ गन्तव्यहरू खोलेर, पर्यटकहरूको बसाई तथा खर्च बढाउने यस क्षेत्रमा महिलाको सहभागिता बढाउन उचित वातावरण सिर्जना गरी पर्यटन क्षेत्रलाई विविधीकरण गर्न मद्दत गर्ने जनाइएको छ ।
जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघद्वारा सरकारलाई आग्रह
सोमबार, कात्तिक १०, २०८२
नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
सुनचाँदीको मूल्य घट्यो
सोमबार, कात्तिक १०, २०८२
आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह
आइतबार, कात्तिक ९, २०८२
अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
आइतबार, कात्तिक ९, २०८२
तिहारपछि नेपाली बजारमा सुनको भाउ आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो ।
मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो
आइतबार, कात्तिक ९, २०८२
तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु एक अर्ब सात करोड २२ लाखबराबरको अलैँची निर्यात भएको उनले बताए ।
लामो बिदाले पोखरामा बढे आन्तरिक पर्यटन
आइतबार, कात्तिक ९, २०८२
“पोखरा प्राकृतिक, साहसिक र सांस्कृतिक पर्यटनको गन्तव्य हो । पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउन सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयको खाँचो छ,” उनले भने ।
साताको लोकप्रिय

