आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर (अदालतकाे फैसलासहित)
सोमबार, माघ ७, २०८१
विशेष अदालत काठमाडौँले मालपोतका कार्यालय प्रमुखसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका हुन् ।
अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्चको परमादेश
सोमबार, माघ ७, २०८१
परमादेशमा भनिएको छ, ‘छ वटै प्रदेशले तयार पारी लागु गरेको नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, २०७५, नेपाल सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ समेत कार्यविधि र मापदण्ड प्राकृतिक स्रोत संरक्षण गर्नका लागि नदीको संरक्षण गर्न एक छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक...
५० लाख धरौटी बुझाएर छुटे छविलाल जोशी
सोमबार, माघ ७, २०८१
अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैंक ग्यारेन्टी बुझाएर सोमबार रिहा भएको जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने झापाका सीतादेवी राई पक्राउ
सोमबार, माघ ७, २०८१
उनी यही माघ २ गते काठमाडौं जिल्ला अदालतको दक्षिण गेटबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी फरार रहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीले सोही घटनामा संलग्न अन्य दुई जनालाई यसअघि पक्राउ गरिसकेको छ ।
राष्ट्रिय परिचयपत्रलाई रोक लगाउने सम्बन्धी रिट निवेदन खारेज
आइतबार, माघ ६, २०८१
अदालतले सो रिट खारेज गरेसँगै सरकारलाई काम अघि बढाउने बाटो खुलेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।
रवि लामिछानेसहित २२ जनाविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता
आइतबार, माघ ६, २०८१
राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर भएको छ।
सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा संगठित अपराध सम्बन्धी पुरक मुद्दा आइतबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको हो।
पुरानो मुद्दा फर्छ्यौटमा सर्वोच्चको तीव्रता, संवैधानिक इजलास छाँयामा
आइतबार, माघ ६, २०८१
हरेक प्रधानन्यायाधीशको संसदीय सुनुवाइको क्रममा सुनिने शब्द हो सर्वोच्च अदालतको मुद्दाको ‘ब्याकलग’ घटाउने । सर्वोच्च अदालतमा विचाराधिन वर्षौँ पुराना मुद्दाहरूलाई टुङ्ग्याउने । प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतले पनि संसदीय सुनुवाइका क्रममा यही विषयलाई प्राथमिकतामा राखेका थिए ।
सांसद अरुण कुमार चौधरीविरुद्धको रिट खारेज
बुधबार, माघ २, २०८१
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले आज सांसद चौधरीको रिट निवेदन खारेज गरेसँगै उनको सांसद पद जोगिएको छ ।
अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेलाई रास्वपाले कारबाही गर्ने
बुधबार, माघ २, २०८१
पार्टी सभापति रवि लामिछाने विरुद्धको मुद्दाको थुनछेक बहस सकिए पछि निस्किएका त्रिपाठी माथि हातपात भए पछि रास्वपाले सो घटनामा संलग्न पार्टीका सदस्य भेटिएमा कारबाही गर्ने जनाएको छ ।
रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
बुधबार, माघ २, २०८१
कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
रविलाई आज पनि अदालत लगिने, छुट्ने वा नछुट्ने न्यायाधीशको भर
बुधबार, माघ २, २०८१
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
साताको लोकप्रिय

