Harsamaya
महान्यायाविक्ता कार्यालयलाई ६८.२७ प्रतिशत मुद्दामा सफलता
महान्यायाविक्ता कार्यालयलाई ६८.२७ प्रतिशत मुद्दामा सफलता महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । “उक्त आवमा सरकारी वकिल कार्यालयहरूबाट कूल ७० हजार दुई सय ८४ जना...
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ । जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको पुस १२ गते सरुवा भएको हो । उक्त दिनदेखि अदालतमा रहेका मुद्दाको सुनुवाइ हुन सकेको छैन।
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
दुर्गा प्रसाईं र  हरिचन्द्र फुयाल धरौटीमा रिहा
दुर्गा प्रसाईं र  हरिचन्द्र फुयाल धरौटीमा रिहा झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादीले कति बुझाए धरौटी ?
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादीले कति बुझाए धरौटी ? पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन् ।  लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका...
लेखा समिति सभापतिका पूर्व पिए पोखरेल ५ दिन हिरासतमा
लेखा समिति सभापतिका पूर्व पिए पोखरेल ५ दिन हिरासतमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला अदालत मोरङले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय मोरङलाइ अनुमति दिएको हो ।
पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश
पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश सहकारी ठगी मुद्दामा छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजीसमेत रहेका जोशीसँग ८८ लाख रुपैयाँ माग गरिएको हो । 
छुटे रवि लामिछाने
छुटे रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने  ८४ दिनपछि धरौटीमा रिहा भएका हुन्  । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
रवि, छवि र रामबहादुरले बुझाए धरौटी
रवि, छवि र रामबहादुरले बुझाए धरौटी उक्त आदेशअनुसार प्रतिवादी कृष्णबहादुर गुरुङ, पूर्वसांसद मीना गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर छुटिसकेका छन् । कृष्ण र मीना बाबुछोरी समेत हुन् ।
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् ।
Weather Update