धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश
सोमबार, असार २, २०८२
राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस सम्पन्न भएपछि यस्तो आदेश दिइएको हो ।
दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश
सोमबार, असार २, २०८२
उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
राप्रपाका महामन्त्री धवल शमशेर राणा अदालतमा उपस्थित
सोमबार, असार २, २०८२
गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रार्थना हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए ।
उच्च अदालत जनकपुर न्यायाधीशहरूको पिएसओ परिवर्तन
शुक्रबार, जेठ ३०, २०८२
उनका अनुसार अदालत सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको १० जनाको टोली पनि हटाइएको छ । अब न्यायाधीशहरूका लागि तीन दर्जनजति प्रहरीहरू खटाइएको उनले जानकारी दिए ।
दुर्गा प्रसाईंसहित सातजना कारागार चलान, ३२ जना धरौटीमा रिहा
शुक्रबार, जेठ ३०, २०८२
चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यस्तै निजी घर, सरकारी गाडी, जडीबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।
‘न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण’
शुक्रबार, जेठ ३०, २०८२
हिजो नेकपा बहुमतका कार्यकर्ताहरू उच्च अदालतको वीरगन्ज इजलासमा गएर न्यायाधीशद्धय थारु र महर्जनमाथि मोसो छ्यापेका थिए । ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्मद अफ्ताव आलम लगायतलाई सफाइ दिएको भन्दै उनीहरूले इजलासमै न्यायाधीशहरूमाथि दुर्व्यवहार गरेका थिए ।
यातायात क्षेत्रमा हड्ताल नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
बुधबार, जेठ २१, २०८२
सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गर्नु संविधान विपरीत रहेको दाबीसहित रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ ।
पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश
बुधबार, जेठ २१, २०८२
काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लगाउँदै सापकोटा विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले त्यो जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मंगलबार, जेठ २०, २०८२
गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।
राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’ (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन् ।
पूर्वसांसद आलमलाई गाउँमा भव्य स्वागत गरिने, पीडित सर्वोच्च जाने
शुक्रबार, जेठ १६, २०८२
रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि मिश्रित प्रतिक्रिया आएको छ ।
गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार, जेठ १४, २०८२
पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गर्दै नियुक्ति बदरको माग गरिएको छ ।
कांग्रेसका पूर्वसांसद अफताब आलमले पाए सफाइ
बुधबार, जेठ १४, २०८२
संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तरसहित घाइतेलाई जिउँदै जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।
साताको लोकप्रिय

