महान्यायाविक्ता कार्यालयलाई ६८.२७ प्रतिशत मुद्दामा सफलता
आइतबार, पुस २८, २०८१
महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ ।
महान्यायाधिवक्ता कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । “उक्त आवमा सरकारी वकिल कार्यालयहरूबाट कूल ७० हजार दुई सय ८४ जना प्रतिवादीउपर ४५ हजार ९१ मुद्दा अभियोजन गरिएको छ”, वार्षिक प्रतिवेदनमा भनिएको छ, “अनुसन्धान सम्पन्न भई रायसहित प्राप्त हुन आएका मुद्दामध्ये सात दशमलव८८ प्रतिशत मुद्दा नचलाउने निर्णय भएको छ, जुन गत आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ ।”
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित
आइतबार, पुस २८, २०८१
जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ ।
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने
शुक्रबार, पुस २६, २०८१
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
दुर्गा प्रसाईं र हरिचन्द्र फुयाल धरौटीमा रिहा
बिहीबार, पुस २५, २०८१
झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादीले कति बुझाए धरौटी ?
बिहीबार, पुस २५, २०८१
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन् ।
लेखा समिति सभापतिका पूर्व पिए पोखरेल ५ दिन हिरासतमा
बिहीबार, पुस २५, २०८१
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला अदालत मोरङले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय मोरङलाइ अनुमति दिएको हो ।
पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश
बिहीबार, पुस २५, २०८१
सहकारी ठगी मुद्दामा छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजीसमेत रहेका जोशीसँग ८८ लाख रुपैयाँ माग गरिएको हो ।
छुटे रवि लामिछाने
बिहीबार, पुस २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
रवि, छवि र रामबहादुरले बुझाए धरौटी
बिहीबार, पुस २५, २०८१
उक्त आदेशअनुसार प्रतिवादी कृष्णबहादुर गुरुङ, पूर्वसांसद मीना गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर छुटिसकेका छन् । कृष्ण र मीना बाबुछोरी समेत हुन् ।
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
बिहीबार, पुस २५, २०८१
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् ।
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला
बुधबार, पुस २४, २०८१
उच्च अदालत पाटनले तथ्य र आधारविना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरिदिएको छ।
साताको लोकप्रिय

