Harsamaya
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज  सुनुवाइ हुँदै
गभर्नर डा .विश्वनाथ पौडेल ।

काठमाडौं - अर्थविद् डा .विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update