दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा सुनुवाइपछि उनलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाइएको छ ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२  १९:४९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
