सञ्चारकर्मी दिलभूषण पाठकलाई धरपकड नगर्न उच्च अदालतको आदेश

काठमाडौं - सञ्चारकर्मी दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो ।
पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत सोमबार न्यायाधीश ऋषि राजभण्डारीको इजलासले कानुनबमोजिम बाहेक पक्राउ तथा धरपकड नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।
पाठकले गरेको सम्प्रेषित सामाग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित नभएको उच्चको ठहर छ । मुद्दाको अन्तिम किनारा नभएसम्म पाठकलाई पक्राउ नगर्न आदेशमा भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय