Harsamaya
आलमलाई सफाइ दिने दुई न्यायाधीश सर्वोच्च तानिए
न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जन ।

काठमाडौं - पूर्व सांसद अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश सर्वोच्च तानिएका छन् । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसमेत परेपछि न्याय परिषद्ले छानबिनका लागि सर्वोच्च अदालत तानेको हो ।

न्यायाधीशद्वय थारु र महर्जनले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इँट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।

आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् । बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूत र युवराज पौडेल सफलले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित उजुरी दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update