दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं - पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ ।
समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक बिहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए ।
प्रहरीको साइबर ब्युरोले तीन दिनअघि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराध मुद्दा चलाएको थियो ।
बिहीबार न्यायाधीश खेमराज भट्टले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत परिसरबाट पत्रकार नारायण अर्यालले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय