Harsamaya
मेलम्चीको स्थलगत अनुगमनका लागि उर्जा मन्त्री र राज्यमन्त्री सिन्धुपाल्चोक आउँदै
मेलम्चीको स्थलगत अनुगमनका लागि उर्जा मन्त्री र राज्यमन्त्री सिन्धुपाल्चोक आउँदै पूर्वमन्त्री तथा उक्त क्षेत्रका सांसद मोहनबहादुर बस्नेतले खड्कालाई सो क्षेत्रको पूर्निनर्माण र संरक्षणका लागि स्थलगत निरीक्षण गर्न लान लागेका हुन् । खड्कासँगै उर्जा राज्यमन्त्री खम बहादुर गर्बुजा, विभागीय सचिव र महानिर्देशकहरू सिन्धुपालचोक जाँदैछन् । सिन्धुपाल्चोकको चार स्थानमा मन्त्रीहरूले अनुगमन तथा निरिक्षण गर्नेछन् । 
निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गर्नुपर्छ : अध्यक्ष कार्की (भिडियोसहित)
निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गर्नुपर्छ : अध्यक्ष कार्की (भिडियोसहित) स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का उनले नियामक निकाय हुँदापनि उपभोक्ताहरूले विल माग्दा विल दिने संस्थाले दिएको विल ठीक छ कि छैन भनेर चेक जाँच गर्नुपर्ने बताए । 
विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा : निर्देशक शाक्य
विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा : निर्देशक शाक्य उनले भने,‘आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब रु. ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा रु.९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल रु. ५ अर्ब २६ करोड नोक्सानी मै...
पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन : निर्देशक शाक्य
पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन : निर्देशक शाक्य एकातिर वर्षायामको विद्युत आंशिक रुपमा खेर गइरहेको छ भने अर्कोतिर सुख्खायाममा विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको भन्दै आगामी दिनहरूमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको उनको भनाइ छ ।
भारतबाट ६ सय मेगावाट विद्युत् आयातको समय थप
भारतबाट ६ सय मेगावाट विद्युत् आयातको समय थप ऊर्जा मन्त्री दीपक खड्काको प्रत्यक्ष पहलमा नेपाल विद्युत् प्राधिकरण  र भारत सर कारबिचको समन्वयबाट यो सहमति कार्यान्वयनमा आएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार भारतको ढल्केबर- मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको छ ।
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
समय सापेक्षित कानुनहरू निर्माण गरिरहेका छौं : मन्त्री खड्का
समय सापेक्षित कानुनहरू निर्माण गरिरहेका छौं : मन्त्री खड्का त्यस्तै उनले धेरै आयोजनाहरू सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरूलाई चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए ।
भारतीय ऊर्जा मन्त्रीद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन 
भारतीय ऊर्जा मन्त्रीद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन  मंगलबार  नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र  भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका हुन् ।
भारतका विद्युत मन्त्री मनोहरलाल नेपाल आइपुगे
भारतका विद्युत मन्त्री मनोहरलाल नेपाल आइपुगे विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्नेछन् ।
भारतीय विद्युतमन्त्री नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने
भारतीय विद्युतमन्त्री नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने आयोजनाको अवलोकन गरी खट्टर बुधबार स्वदेश फर्किने छन् । साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरुण–३ को अवलोकन गर्न पुग्ने बताइएको छ । उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राज कुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ । 
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह भारतको राजधानी नयाँ दिल्लीमा बुधवार भएको नेपाल भारत ऊर्जा सम्मेलन (नेपाल–भारत इनर्जी समिट)।
Weather Update