‘टेक एण्ड पे’ को प्रस्ताव उर्जा मन्त्रालयको होइन संशोधन गर्न छलफल भइरहेको छः उर्जामन्त्री खड्का [भिडियो]
बिहीबार, जेठ २२, २०८२
कार्यक्रममा बोल्दै दार्चुलाका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद वडूले आयोजना निर्माणसँगै सिङ्गो मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा ल्याउन सके उत्पादित विद्युत खेर नजाने बताए । आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई उनले आग्रह गरे ।
इप्पानको टोलीसँग ऊर्जामन्त्री खड्काले भने :‘ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ’
मंगलबार, जेठ २०, २०८२
मंगलबार मन्त्री खड्कालाई भेटी ज्ञापनपत्र बुझाउन आएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को टोलीसँगको छलफलमा उनले सरकारले आगामी दिनमा ऊर्जा क्षेत्रका संरचनागत समस्या समाधान गर्न आवश्यक पहल गर्ने विश्वास दिलाए ।
एमसीसी परियोजनालाई अगाडि बढाउन प्रयास भइरहेको अमेरिकी राजदूतको भनाई
बुधबार, जेठ १४, २०८२
भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको उर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसीसी परियोजनालाई अगाडि बढाउन हर सम्भव पहल र प्रयास भइरहेको उनको भनाई थियो
विद्युत् विधेयकलाई एक महिनाभित्र संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको छ : उर्जा मन्त्री खड्का
मंगलबार, जेठ १३, २०८२
उनले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि ऊर्जा मन्त्रालयका सचिवको नेतृत्वमा अन्तरमन्त्रालय समिति र उपसमिति गठन गरिएको जानकारी दिए । अव पुरानो मानसिकता र पुरानो कानूनलाई परिमार्जन गर्दै अगाडि बढ्ने उनको भनाई थियो ।
नो लाइट शाखाको निरीक्षण पछि मन्त्री खड्काले भने,‘लोडसेडिङ हुँदैन, हुन दिइँदैन’
सोमबार, जेठ १२, २०८२
‘विगतका वर्षहरूमा अहिलेभन्दा बढी समस्या देखिन्थ्यो,’उनले भने, ‘अहिलेको अवस्था तुलनात्मक रूपमा सहज छ । कतै असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ । अब ढुक्क हुनुस्, सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेका छन् ।’
मन्त्री खड्काले ताप्लेजुङ दुर्घटनाको प्रतिवेदन बुझ्दै भने - लापरवाही गर्ने कर्मचारीलाई कारबाही हुन्छ
शुक्रबार, जेठ ९, २०८२
समितिले सो दुर्घटनाबारे तयार गरेको विस्तृत प्रतिवेदन शुक्रवार मन्त्रीसमक्ष बुझाएको हो। प्रतिवेदन बुझेसँगै मन्त्री खड्काले घटनाबाट गम्भीर शिक्षा लिनुपर्ने बताउँखै, अब नीति र व्यवहार दुवैमा परिवर्तन अनिवार्य रहेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो
बिहीबार, जेठ ८, २०८२
इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)मा तेस्रो ठूलो तेल उत्पादक हो र इजरायलको हडतालले इरानबाट तेल आपूर्ति अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ ।
लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट विद्युत निर्यात सुरु
बुधबार, जेठ ७, २०८२
मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्ने गरी आपूर्ति भइरहेको बताए ।
पानी परेर बाढी आउँदा सचेत गराउने प्रविधिको विकास हुन आवश्यक : उर्जामन्त्री खड्का (भिडियोसहित)
बुधबार, जेठ ७, २०८२
बुधबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम २०८२’ मा बोल्दै उनले ठूला हाइड्रोपावर, सिँचाइको आयोजना खोला केन्द्रित हुने भन्दै बाढीबाट सचेत हुन प्रविधिको विकास आवश्यक रहेको बताएका हुन् ।
तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री
मंगलबार, जेठ ६, २०८२
मन्त्री खड्काले आयोजनाको विगतको अवस्थाको समीक्षा गर्दै निर्माण प्रक्रिया लामो समयसम्म अल्झिनु, बजेटको ठूलो खर्च हुँदासमेत ठोस परिणाम नआउनु र बाँधको सुनिश्चितता नहुँदासम्म लगानीमा गति आउन नसक्नु चिन्ताको विषय भएको बताए ।
उर्जामन्त्रीले भने - अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्छौं
सोमबार, जेठ ५, २०८२
मन्त्री खड्काले आइरेनाको भूमिकाले विश्वव्यापी ऊर्जा रूपान्तरणलाई नयाँ दिशा दिएको उल्लेख गर्दै नेपाल स्वच्छ, समावेशी र जलवायु–अनुकूल ऊर्जा प्रणालीको निर्माणप्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
ठूला ट्रक र बसहरूलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रियामा छौं : कार्यकारी निर्देशक शाक्य (भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
यस्तै, उनले नेपालमा सडकमा गुड्ने ठूला ट्रक र बसहरू सबै पेट्रोलबाट चल्ने हुनाले सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रिया र नियमन आवश्यक भएको पनि बताए ।
विद्युत आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : कार्यकारी निर्देशक शाक्य (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
त्यस्तै उनले ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे । बेलुकाको समयमा लोड बढ्ने भएकाले आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए ।
साताको लोकप्रिय

![‘टेक एण्ड पे’ को प्रस्ताव उर्जा मन्त्रालयको होइन संशोधन गर्न छलफल भइरहेको छः उर्जामन्त्री खड्का [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Dipak-khadka-(1)-1741169623.png)