
काठमाडौं - स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा ‘टेक एण्ड पे’ को प्रावधान नसच्याए पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन् ।
बजेटमा सार्वजनिक ‘टेक एण्ड पे’ पीपीएको प्रावधानविरुद्ध बिहीबार काठमाडौंमा भएको भेलामा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले सडकमा आन्दोलन नगरि पावर हाउस बन्द गर्ने र बिजुली बन्द गर्ने सम्मको चेतावनी दिए।
‘हामीले सडकमाआन्दोलन गर्न नसके पावर हाउस बन्द गर्ने अवस्था आउँछ’उनले भने।
मुलुकमा ८०५ बिजुली उत्पादन गरेको निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको उनले आरोप लगाए । उनले भने ‘उत्पादन गर्ने दिने होइन प्राधिकरण बन्द हुने अवस्था आउन सक्छ ।’
उनका अनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एन्ड पे’विधिमार्फत विद्युत्खरिद सम्झौता(पीपीए)गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ।