Harsamaya
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत् प्राधिकरण बिच सम्झौता

काठमाडौं - सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत् प्राधिकरणबिच मंगलबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए । सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरूप दुई पक्ष बिच सम्झौता भएको उनले बताए ।

प्रवक्ता ढकालका अनुसार उद्योग मन्त्रालयले बहुवर्षिय परियोजनाहरू स्वीकृत गरेपछि टेन्डर आह्वान गरेर सबस्टेशन निर्माणका बाँकी कार्यहरू अघि बढाउने योजना रहेको छ । उक्त क्षेत्रमा के कस्ता र कति क्षमताका उद्योगहरू स्थापना हुन्छन् सोही अनुसार उक्त कति पावर सप्लाइ गर्ने भन्ने कुरा निक्र्यौल हुने बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका र सेजका प्रतिनिधिहरू बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update