सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत् प्राधिकरण बिच सम्झौता
बुधबार, जेठ २८, २०८२
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए । सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरूप दुई पक्ष बिच सम्झौता भएको उनले बताए ।