काठमाडौं - उर्जामन्त्री दिपक खड्काले अकस्मात् पानी परेर बाढी आउँदा सचेत गराउने प्रविधिको विकास हुनुपर्ने बताएका छन् ।
बुधबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम २०८२’ मा बोल्दै उनले ठूला हाइड्रोपावर, सिँचाइको आयोजना खोला केन्द्रित हुने भन्दै बाढीबाट सचेत हुन प्रविधिको विकास आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘ठूला ठूला हाइड्रोपावरको आयोजनाहरू, सिँचाइको आयोजनाहरू खोला केन्द्रित हुन्छन् । अकस्मात् पानी परेर बाढी आउँछ थाहा हुँदैन । दिनभरि घाम लागेको हुन्छ त्यसको अनुमान भई दियो भने मान्छे सुरक्षित ठाउँमा जाने र बचाउने र सम्भव भएसम्म समयमा नै सचेत हुन पाइने प्रविधिको विकास मानिससम्म पुर्याउनु पर्ने आजको आवश्यकता छ । यस वर्ष कम्तीमा प्रत्येक वडाका वडा अध्यक्षसँग सूचना प्रविधि जोड्ने गरी काम गर्नुहोला ।’
उनले पहिलो उदार कर्ता वडास्तर नै भएकाले सुरक्षा निकायको पहिलो प्राथमिकता वडास्तर हुने बताए ।