अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
शुक्रबार, पुस १८, २०८२
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाडौँको ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई आज पक्राउ गरेको हो ।
नगद तथा गरगहनासहित एक जना पक्राउ
बिहीबार, पुस १७, २०८२
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्र्टोर्म नेटवर्क प्रालिको रु ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको रु आठ लाख ५८ हजार चोरी गरेका काठमाडौँ महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो ।
काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ
बुधबार, पुस १६, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ र थप कारबाही प्रक्रिया अघि बढिरहेको छ । प्रहरीले सर्वसाधारणलाई सचेत रहन र कुनै अपराधिक गतिविधि भए तत्काल सूचना दिन आग्रह समेत गरेको छ।
एकैदिन नौ फरार प्रतिवादी पक्राउ
आइतबार, पुस १३, २०८२
प्रहरीले विभिन्न मुद्दामा फरार रहेका आठ र जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको जनाएको छ ।
भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ
आइतबार, पुस १३, २०८२
जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको उक्त मुद्दामा वडाध्यक्ष मिक्रानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो ।
गहना चोर्ने र बेच्ने दुई जना तारकेश्वरबाट पक्राउ
आइतबार, पुस ६, २०८२
प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिलिका–१ घर भई काठमाडौँको नयाँबजार बस्ने...
लागुऔषधसहित सिरहाबाट २ जना पक्राउ
शुक्रबार, पुस ४, २०८२
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक ओमप्रकाश पण्डितका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
शेयर कारोबारी अग्रवाल झुटो शेयर कारोबार गरेको आरोपमा पक्राउ
शुक्रबार, पुस ४, २०८२
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने वर्ष ४२ का दीपेन्द्र अग्रवाल रहेका छन् । अनुसन्धानमा ४९ लाख बढीको शेयरमा झुटो कारोबार गरेको पाइएपछि आजै पक्राउ अनुमति लिई उनलाई आजै पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ
बिहीबार, पुस ३, २०८२
उनीहरू दुवै जनालाई बाराको पिपराबाट बिहीबार पक्राउ गरी वीरगञ्ज कारा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू दुवै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षमा थिए ।
३६ लाख जरिवाना र पाँच दिन कैद भएका मनोहरलाल पक्राउ
बुधबार, पुस २, २०८२
प्रहरीले बैंकिङ कसुर मुद्दामा ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र 'एप्रुभ' गर्ने २ जना पक्राउ
आइतबार, मंसिर २८, २०८२
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गतकाे कसूरमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेकाे छ ।
यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ४६ जना पक्राउ
बिहीबार, मंसिर २५, २०८२
यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शंकास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ पक्राउ गरेको हो ।
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
सोमबार, मंसिर २२, २०८२
गत असोज २५ गते यहाँको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।
साताको लोकप्रिय

