प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाँदै
आइतबार, साउन ४, २०८२
प्रधानमन्त्री कार्यालय अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।
-1748783112.jpg)
श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री
शुक्रबार, साउन २, २०८२
प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ। श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ। जय श्रमिक, जय नेपाल।’

अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा टाढा छैन : प्रधानमन्त्री ओली
सोमबार, असार २३, २०८२
हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन हुम्ला समृद्धको बाटो समेत औपचारिक रूपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ’हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्त्व बोकेको जिल्लाका रूपमा समेत स्थापित भएको छ ।

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
शुक्रबार, असार २०, २०८२
स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता
मंगलबार, असार १७, २०८२
यही असार १६ देखि १९ गतेसम्म आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन २१ सदस्यीय टोलीसहित ओली स्पेन भ्रमणमा छन् ।

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली
आइतबार, असार १, २०८२
उनले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समीपमा रहेर काम गर्ने संयन्त्र हो । कुनै पनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनु अर्को एउटा महत्त्वपूर्ण आवश्यकता हो । यो बाहेक देशको राष्ट्रिय...

नेपालगन्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने
आइतबार, जेठ २५, २०८२
नेपालगन्ज दिल्ली उडानको लागि भौतिक रूपमा केही कुराहरू अपुग रहेको भन्दै संघ मन्त्रालयको ध्यानाकर्षण गराउने भएको हो । शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा भारत सरकार उड्डयन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगन्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरू लगायतसँग छलफल गरिएको थियो ।
-1748783112.jpg)
कटहरीमा जीवन विकास अस्पतालको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
आइतबार, जेठ २५, २०८२
ग्रामीण भेगमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल जीवन विकास समाजद्वारा स्थापना गरिएको हो, जसका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल हुन् । मण्डल मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यसमेत हुन्, जसले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।

आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन : प्रधानमन्त्री ओली
बिहीबार, जेठ १५, २०८२
उनले लेखेका छन्,‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन—मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानी पूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन।

नर्सहरूले पनि न्यूनतम् तलब पाइरहेका छैनन् भन्ने सुनियो : प्रधानमन्त्री ओली
मंगलबार, फागुन २०, २०८१
प्रधानमन्त्री ओलीले नर्सहरूले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने जिकिर गरे ।
साताको लोकप्रिय