Harsamaya
प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ ३१ मा भारत भ्रमणमा जाने  भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।

प्रधानमन्त्री कार्यालय अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।

‘ठूला एजेन्डाहरुमा यसपल्ट प्रवेश गर्ने सम्भावना कम छ, तर दुई पक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरूलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरूलाई अघि बढाउनेतर्फ केन्द्रित हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

गत ०८१ चैतको बिमस्टेक बैठक क्रममा थाइल्यान्डको राजधानी बैंककमा सौहार्द बन्न नसकेको ओली–मोदी एक्ला एक्लै भेटका क्रममा सम्भवतः नेपाल भारत सीमा, चुच्चे नक्सा आदि प्रसङ्ग उठेको थियो, जसका कारण यसपल्ट ओलीको आसन्न दिल्ली भ्रमणको सुरुवातमै यो विषयले प्राथमिकता पाउने आशा गरिएको छ ।

यस्तै  प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा  नस्विकारेको भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदी  कात्तिकमा काठमाडौं आउने मोटामोटी समझदारी भएको छ । तर मोदी काठमाडौं नआएर नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने, प्रधानमन्त्री ओलीले मोदीलाई त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update