Harsamaya
नर्सहरूले पनि न्यूनतम् तलब पाइरहेका छैनन् भन्ने सुनियो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै अघि बढ्ने बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै मुलुकको विकास र समृद्धिको बाटोमा अघि बढ्ने बताएका हुन् । 

अहिले विरोधको लागि विरोध गर्ने प्रवृत्ति देखिएको भन्दै राम्रो काम गर्न नरोकिने उनले बताए । त्यस्तै प्रधानमन्त्री ओलीले  कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले नर्सहरूले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि  बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने जिकिर गरे । 

उनले श्रमिकहरू रोजगारदातामा रूपान्तरण हुन सक्ने भएकाले आफूहरूले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा हिमाल आरोही, उद्धारकर्ता  र सम्बन्धित संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update