Harsamaya
बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल
बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल मन्त्री पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेष गरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिबद्ध रहेको भन्दै यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चताको कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।
आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड
आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड यदि संस्थामा आकस्मिक र सघन उपचार कक्ष छैन भने काठमाडौं उपत्यकाभित्र २ किलोमिटर र बाहिर आधा घण्टाको दूरीमा रहेको विशेषज्ञ अस्पतालसँग सम्झौता गरेको हुनुपर्नेछ। 
स्वास्थ्य सेवा सुधारको नयाँ युगमा नेपाल : विशेषज्ञ सेवा सातै प्रदेशमा विस्तार
स्वास्थ्य सेवा सुधारको नयाँ युगमा नेपाल : विशेषज्ञ सेवा सातै प्रदेशमा विस्तार संघीयता कार्यान्वयनसँगै काठमाडौंमा मात्रै सीमित रहेका विशेषज्ञ सेवा  सातै प्रदेशमा विस्तार गरिएको प्रवक्ता बुढाथोकीले बताए । जलन, मुटु, क्यान्सर, मिर्गौला लगायतका रोगको उपचारका लागि प्रदेश अस्पताल तोकिएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा २१०० जनशक्ति थप्न प्रस्ताव 
स्वास्थ्य मन्त्रालयद्वारा २१०० जनशक्ति थप्न प्रस्ताव  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए  । 
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आए पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट...
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्‍चालनमा ल्याउने तयारी
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्‍चालनमा ल्याउने तयारी यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।
मिर्गौला प्रत्यारोपण गरेका आरोही पेम्बा शेर्पालाई सम्मान
मिर्गौला प्रत्यारोपण गरेका आरोही पेम्बा शेर्पालाई सम्मान शुक्रबार एक विशेष कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मिर्गौला प्रत्यारोपण पश्चात् सफल सगरमाथा आरोहण गरेको यो विषय पहिलो भएको बताए ।
नेपालमा अबको १० वर्षमा दक्ष नर्सहरूको अभाव हुने 
नेपालमा अबको १० वर्षमा दक्ष नर्सहरूको अभाव हुने  अबको १०/१५ वर्षको अन्तरालमा दक्ष नर्स जनशक्तिको अभाव हुने अवस्था देखिरहेकामा चिन्ता व्यक्त गर्दै उनले यसबारे सरकार र स्टेक होल्डरहरुले सोच्नुपर्ने अवस्था आएको औंल्याइन् । 
चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने (भिडीयोसहित)
चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने (भिडीयोसहित) साथै २४ घण्टाभित्र माग सम्बोधन नभएमा २०८२/०१/१२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने पनि जानकारी गराएको छ ।
आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप गर्ने
आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप गर्ने यसैगरी, भरतपुर अस्पतालले क्याथ ल्याब सेवा शुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।
स्वास्थ्य बीमा ऐन सामान्य संशोधन प्रक्रिया अन्तिम चरणमा 
स्वास्थ्य बीमा ऐन सामान्य संशोधन प्रक्रिया अन्तिम चरणमा  उनले प्रत्येक पालिकामा प्रथम सेवा विन्दु पुग्ने गरी सरकारले कानुन नै संशोधन गरेर अगाडि बढेको भन्दै लक्षित वर्ग धेरै हुँदा भुक्तानीको भार धेरै भएको भन्ने विश्लेषण रहेकाले त्यस्तो अवस्था नरहेको पनि बताए । 
गमगढीमा तीन दिने निःशुल्क आँखा शिविरमा १ हजार १३२ जनाको चेकजाँच
गमगढीमा तीन दिने निःशुल्क आँखा शिविरमा १ हजार १३२ जनाको चेकजाँच नेपाल नेत्र ज्योति संघको आयोजनामा, हिमाल आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र आई केयर फाउन्डेशन नेपालको आर्थिक सहयोगमा यो शिविर सञ्चालन भएको हो। शिविरमा ५२९ जना बिरामीलाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रका उपाध्यक्ष तिलक बहादुर मल्लले दिएका छन् ।
Weather Update