मिर्गौला प्रत्यारोपण गरेका आरोही पेम्बा शेर्पालाई सम्मान

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण पश्चात् सफल सगरमाथा आरोहण गर्न सफल आरोही पेम्बा शेर्पालाई सम्मान गरेको छ ।
शुक्रबार एक विशेष कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मिर्गौला प्रत्यारोपण पश्चात् सफल सगरमाथा आरोहण गरेको यो विषय पहिलो भएको बताए ।
उनले आरोही पेम्बा शेर्पाले नेपाल र स्वयम् आफ्नो नामलाई ऐतिहासिक नामको रुपमा चिनाएको बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १३:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय