स्वास्थ्यमा राज्यको चार प्रतिशत लगानीपनि घट्ने खतरा छ : मन्त्री पौडेल
सोमबार, चैत ११, २०८१
उनले भने,‘राज्यले ४ प्रतिशतको हाराहारीमा हुँदै गर्दा यो कुनैपनि मापदण्डमा आधारित छैन् । तर अवस्था कस्तो छ भने यही ४ प्रतिशतपनि घट्ने होकि भन्ने खतरा छ । त्यसैले राज्यले पूर्ण रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति छैन भने नागरिक योगदानमा आधारित बीमा प्रणालीको विकास गरौं ।’

नेपाली आँखा उपचारमा नयाँ युग : स्वास्थ्य मन्त्रालय र तिलगङ्गाबीच ऐतिहासिक सम्झौता (भिडियोसहित)
मंगलबार, चैत ५, २०८१
नेपालमा आँखा उपचार सेवाको पहुँच बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच ऐतिहासिक सम्झौता भएको छ।

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन गरे कारबाही हुन्छ - स्वास्थ्य मन्त्रालय
बिहीबार, फागुन १५, २०८१
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उक्त कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने बताए ।

स्वास्थ्य सचिवका लागि क-कसको नाम भयो सिफारिस ?
मंगलबार, फागुन १३, २०८१
नेपाल स्वास्थ्य सेवा ऐनमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने’ उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने
शुक्रबार, फागुन ९, २०८१
मन्त्रालयले सञ्चारमाध्यमका अलावा सामाजिक सञ्जालबाटसमेत यस्ता गतिविधि नियमित प्रसार गर्ने तयारी गरेको छ । यसअघि कोभिडका समयमा आवश्यक सूचना यसैगरी नियमित दिने गरिए पनि पछि रोकिएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिका अलावा सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरू प्रेषण गर्दै आइरहेको छ ।

१३ लाख किशोरीलाई लगाइयो एचपिभी खोप
आइतबार, फागुन ४, २०८१
अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।

अब सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नैपर्ने
बिहीबार, माघ २४, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ ।

अभिनेत्री मनिषा कोइराला एचपिभी खोप अभियानको सद्भावनादूत
बुधबार, माघ १६, २०८१
मन्त्रालयले यही माघ २२ गते (विश्व क्यान्सर दिवसका) दिन खोप अभियानको सुरूआत गर्ने जनाएको हो । नेपालमा औसतमा हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र चारजना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले जनाएको छ ।

दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कडा कारबाही हुन्छः स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)
मंगलबार, माघ १५, २०८१
‘स्वास्थ्यका नियामक निकायहरूमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू (ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण भएको तथा विभिन्न स्वास्थ्य संस्थाले सामग्री तथा सेवाहरूको संचालन स्वीकृति नलिई आमनागरिकलाई आकर्षित गर्ने गरी गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार भइरहेकाप्रति ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत (जानकारीसहित)
आइतबार, माघ १३, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत गरेको छ । जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए/नभएको परीक्षण अनिवार्य गर्नेगरी नवजात शिशुको श्रवण स्क्रिनिङ, निर्देशिका–२०८१ स्वीकृत गरिएको हो ।

‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’
बिहीबार, पुस २५, २०८१
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ । विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको...

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
बिहीबार, पुस २५, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ ‘एचएमपिभी’ को साधारण भाइरस भएको जनाएको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ।
साताको लोकप्रिय