काठमाडौं - नेपालमा आँखा उपचार सेवाको पहुँच बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच ऐतिहासिक सम्झौता भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेल र तिलगङ्गा प्रतिष्ठानका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो।
सम्झौताअनुसार सरकारले तिलगङ्गाको सेवा विस्तार र दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्नेछ। यससँगै तिलगङ्गाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत छुटमा उपलब्ध गराउने तथा अन्य नागरिकलाई थप सहुलियत दिने व्यवस्था गरिएको छ।
नेपालमा उत्पादित तिलगङ्गाका लेन्स अन्तर्राष्ट्रिय स्तरमा उच्च गुणस्तरका मानिन्छन्। भन्सार तथा मूल्य अभिवृद्धि कर छुटका साथ विश्वभर निर्यात भइरहेको यी लेन्स अब नेपाली नागरिकका लागि झनै सुलभ हुनेछन्।
सम्झौतापछि आयोजित कार्यक्रममा मन्त्री पौडेलले डा. सन्दुक रुइतको योगदानको प्रशंसा गर्दै सरकारको तर्फबाट थप सहकार्य र समर्थन आवश्यक रहेको बताए। उनले नेपाललाई नेत्र उपचारमा विशिष्ट पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेका डा. रुइत नेतृत्वको अभियानलाई राज्यले प्राथमिकता दिने प्रतिबद्धता जनाए।
यस सम्झौताले नेपालमा आँखा उपचारलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।


![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/800X600/Khagendra-1761903117.jpg) 
                                                        
                                                    ![अहिले एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन : प्रकाशशरण महत [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/800X600/prkasha-saran-(1)-1761741565.jpg) 
                                                        
                                                     
                                                        
                                                     
                                                        
                                                     
                     
                     
                     
                     
                     
                    