Harsamaya
बंगलादेश वायुसेनाको विमान दुर्घटना: २० को मृत्यु, १६४ जना घाइते
बंगलादेश वायुसेनाको विमान दुर्घटना: २० को मृत्यु, १६४ जना घाइते माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार स्कूल बन्द हुन लागेको बेला दुर्घटना भएको थियो। उनले भने, ‘एउटा लडाकु विमान सिधै भवनमा ठोक्कियो। यसले नर्सरी र जुनियर सेक्सनका धेरै कक्षाकोठाहरूमा प्रहार गर्यो। विद्यालयको मुख्य ढोका पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।’
बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान
बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् ।
ब्याटले करिब ६ घण्टा कुटेर विद्यार्थी मार्ने २० जनाको मृत्युदण्ड सदर
ब्याटले करिब ६ घण्टा कुटेर विद्यार्थी मार्ने २० जनाको मृत्युदण्ड सदर फहादलाई २५ विद्यार्थीको समूहद्वारा क्रिकेट ब्याटले करिब ६ घण्टासम्म पिटिएको थियो । उनीहरू सबै बङ्गलादेश छात्र लिगका सदस्य थिए । बङ्गलादेश छात्र लिग पूर्व प्रधानमन्त्री हसिनाको राजनीतिक दल अवामी लिगको विद्यार्थी शाखा हो ।
बंगलादेशका आन्दोलनकारी विद्यार्थीहरूले नयाँ पार्टी खोल्ने
बंगलादेशका आन्दोलनकारी विद्यार्थीहरूले नयाँ पार्टी खोल्ने उनीहरुले शुक्रबार दिउँसो ३ बजे माणिक मिया एभिन्यूमा घोषणा गर्ने कार्यक्रम रहेको जनाएका छन् । जेएनसीका प्रमुख आयोजक सर्जिस आलमले सोमबार साँझ ७ बजे समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी मिति घोषणा गर्ने जानकारी दिएका हुन ।
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो ।  यद्यपि संयुक्त राष्ट्रसंघको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो ।
शेख हसिनाका छोराको अपहरण र हत्याको षडयन्त्रको मुद्दा खारेज
शेख हसिनाका छोराको अपहरण र हत्याको षडयन्त्रको मुद्दा खारेज बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयको अपहरण र हत्याको षड्यन्त्रसँग सम्बन्धित मुद्दामा ठूलो फैसला सुनाएको छ ।
हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हड्ताल घोषणा
हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हड्ताल घोषणा बंगलादेशमा हिंसात्मक विद्यार्थी आन्दोलन पछि शेख हसिना प्रधानमन्त्री पद त्यागेर भाग्न बाध्य भएकी थिइन् । त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार चलिरहेको छ । युनुस सरकारको पालामा शेख हसिना र उनको पार्टी अवामी लिगका नेताहरु विरुद्ध लगातार मुद्दा दर्ता हुँदै आए पछि सो पार्टी आन्दोलनमा उत्रिएको हो । 
Weather Update