Harsamaya
साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । 
नेपालद्वारा भारत ९२ रनले पराजित
नेपालद्वारा भारत ९२ रनले पराजित हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
चौथो खेलमा नेपाल युएइसँग चार विकेटले पराजित
चौथो खेलमा नेपाल युएइसँग चार विकेटले पराजित आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र यूएई बिचको भिडन्त आज 
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र यूएई बिचको भिडन्त आज  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल 
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल  यो खेल भारतमा हुनेछ । भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६:१५ बजे सुरुबाट खेल हुनेछ ।
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने नेपालले टस जितेर ब्याटिङ रोजेको हो । अब कतार बलिङमा उत्रिने छ । विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको ओमानविरुद्धको म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित
वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।
साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित
साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा भएको खेलको २८ औँ मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो । पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन ।
एक महिनामा साढे चार हजार गाडी दुर्घटना, १९९ जनाको मृत्यु 
एक महिनामा साढे चार हजार गाडी दुर्घटना, १९९ जनाको मृत्यु  ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन् । त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
Weather Update